HEALTH BLOG

हवाई एम्बुलेन्स कर्णालीको एक अपरिहार्य आवश्यकता

मिति २०७३ असोज ७ गते ठिक ३ वजे तिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एउटा फोन आयो—“जुम्लाबाट राराको लागी हिडेको जीप हाडसिँजा भन्ने ठाँउमा दुर्घटना भयो । नौ जना सवार जीपमा ३ जना घटनास्थलमै मृत्यू भयो । बाँकी सिकिस्त छन् तयारी अवस्थामा रहनु पर्‍यो ।”

2000px-Karnali_in_Nepal.svg

ट्रमा सर्जनका नाताले स्वभाविक रुपमा घटना प्रति चासो गयो । बुझ्दै जाँदा घटना स्थलबाट सबैभन्दा नजिकैको सुविधा सम्पन्न अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न ६ घण्टा लाग्दो रहेछ । मनमनै सोचियो यो कुनै विकसित देश भएको भए बढीमा १५ मिनेटमा सबै घाइतेहरु हामीले उपचार गर्न पाउथ्यौ, उनिहरुलाई अस्पताल पुर्‍याइन्थ्यो  । अरु कुनै विकल्प नभएको तितो यथार्थलाई मनन गर्दै ६ घण्टा पछि करीब ९ वजे अस्पताल पुगियो तर पनि बाँकी ६ जना बोकी आएको एम्बुलेन्स करीब राती ११ वजे अस्पताल पुग्यो ।

आगमनकै क्रममा एकजनाको बाटैमा मृत्यू भएछ । बाँकी ५ जनामा १ जना सिकिस्त टाउकोमा चोट परेका बिरामी र बाँकी केहि गम्भिर बिरामीको तत्काल आवश्यक उपचारमा जुटियो । CT Scan अभावका कारण टाउकोको चोटग्रस्त बिरामीलाई अर्को दिन हवाईजहाजबाट नेपालगञ्ज refer गरियो भने केही बिरामीको हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मै अपरेशन गरेर अझै पनि भर्ना भएर बसी रहेका छन् ।

आकस्मिक दुर्घटनाबाट हुने मृत्यूलाई चिकित्सकिय अध्ययन अनुसार तिन भागमा वर्गिकरण गर्न सकिन्छ ।
पहिलो ५० प्रतिशत मृत्यू
केही सेकेण्ड देखी मिनेट भित्र मै हुने गर्दछ । यो मृत्यूहरु प्राय गरेर टाउकोको गम्भिर चोट अथवा मुटु र रक्तनली फुटेर रक्तश्राव  भएर हुने गर्दछ । यो मृत्यू प्राय गरि अस्पतालभन्दा अगाडी कै समयमा हुने हुँदा रोक्न कठिन हुन्छ । तर यो ५० प्रतिशतको केही भाग बाहिरी रक्तश्राव  र श्वासप्रश्वासमा गम्भिर बाधा भएर हुने हुँदा प्रभावकारी आकस्मिक उपचारले जोगाउन सकिने हुन्छ ।

दोस्रो ३० प्रतिशत मृत्यु
करीब १ देखी ३ घण्टाको विचमा हुने गर्दछ । शुरुवाती चोटबाट बचेर पनि केही घण्टा मै मृत्यु हुनुको प्रमुख कारण रगतमा र दिमागमा रगतका मात्रा कम हुनु (Hypoxia) र जीउमा रगत तथा पानीको मात्रा कम भएर हुने समस्या (Hypovolemic shock) लाई मानिन्छ । यो दुवै कारणहरुलाई आवश्यक प्रभावकारी आकस्मिक सेवा मार्फत समाधान गरी संभावित मृत्यु बाट जोगाउन सकिन्छ । त्यस कारणले यो समय (१ देखि ३ घण्टा) लाई सुनौलो समय (Golden hours) भन्ने गरिन्छ । प्रभावकारी आकस्मिक सेवाको मुख्य उदेश्य यो ३०% मृत्यृलाई शुन्यमा झार्नु हो ।

तेस्रो २० प्रतिशत मृत्यु
यसको मुख्य कारण बहुप्रणालिय असर (Multisystem failure) तथा रगतमा संक्रमण (Sepsis) हुनु हो । प्राय गरि यो खाले मृत्यु दुर्घटनाको ६ हप्ता भित्र हुने गर्दछ । तर यस खाले मृत्यु पनि छिटो छरितो र प्रभावकारी आकस्मिक सेवाले कम गर्न सकिले विभिन्न वैज्ञानिक प्रमाणहरुले बताउदछ ।

माथि उल्लेखित तथ्य लाई आधार मान्ने हो भने माथि उल्लेखित दुर्घटनामा तत्काल मुत्यु हुने ३ जना लाई जति सक्दो छिटो अस्पताल पुर्याउन सकेको भए ज्यान बचाउन सकिने संभावना थियो । बाटैमा मृत्यु हुने १ जना लाई मुत्यु बाट जोगाउन अझ बढी संभव थियो भने अहिले भर्ना भएर उपचार गराइ रहेका बिरामीहरुको पनि उपचार अझ प्रभावकारी हुनुका साथै पुर्ण रुपमा सञ्चो गराएर छिटो घर पठाउने संभावना बढी थियो । यो एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल भरीमा मिति २०७३/०५/१० देखि २०७३/०६/११ (१ महिनामा मात्र ) सडक दर्घटनामा मृत्यू हुनेको संख्या ७३ पुगेको छ (स्रोत नेपाल टेलिभिजन) । यो घटनाले नै तत्काल Emergency medical service (Air ambulance) को शुरुवातीको महत्वलाइ अझ प्रष्ट्याउँदछ ।

Presentation1

नेपाल जस्तो अल्पविकसित र भौगोलिक रुपमा कठिन देश अझ विकट कर्णाली क्षेत्रमा यस्ता खाले दुर्घटना बाट ज्यान जोखिमको न्युनिकरण गर्ने प्रमुख उपाय मध्ये “हवाई एम्बुलेन्स” एक हो । “हवाई एम्बुलेन्स” यस्ता खाले आकस्मिक दुर्घटनामा मात्र नभई अन्य आकस्मिक सेवाहरु (प्रसुति सेवा, ह्रदय घात, प्राकृतिक प्रकोप) को लागी समेत उपयोग गर्न सकिन्छ । एउटा दुर्घटना भए देखि अस्पतालको आकस्मिक सेवा पाउने समय बेलायतमा करिब १२ मिनेट रहेको छ भने हाम्रो नेपालमा करिब ७ देखि ८ घण्टा छ । उपचार नै नपाएर मृत्यूवरण गर्ने, कैयौ नेपालीहरुको त गणना नै नगरौ । हाम्रो चिकित्सकिय अनूभवले कणर्।ली क्षेत्रमा Air ambulance सेवा अत्यावश्यक अपरिहार्यता भएको ठहरिन्छ । यस्ता सयौ घटनाहरु हामीँसँग छन, जून घटना अध्ययन गर्ने हो भने प्रभावकारी हवाई एम्बुलेन्स सेवाको माध्यमबाट ती सयौ मृत्यूहरु टार्न सक्ने देखिन्छ । तल, विगत ९ देखि १० महिनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घटेका केही प्रतिनिधि सत्य घटनाहरु प्रस्तुत गरिएको छ । यी सबै मृत्युहरु (संभावित मृत्युहरु ) Air ambulance सेवाको उपलब्धता भए सजिलै टार्न सक्ने देखिन्छ ।

दृष्य १

जुविथा ८, कालिकोट की २० बर्षिया श्रीमति रत्ना शाही लाई मिति २०७२ साल मंसिर ७ गतेका दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याईयो । गर्भावस्थाकी उनको ३ दिन अघि देखि एक्कासी जीउ काप्ने, अत्याधिक टाउको दुख्ने र जीउ सुनिने व्याथाले च्यापेको थियो उनको यो पहिलो गर्भ ३५ हप्ताको भै सकेको थियो । कालिकोटमै झारफुक गर्दै ३ दिन बिताए पछि उनि बेहोस भईन । आर्थिक अभावका कारण अस्पताल आउन नसकेकी उनका श्रीमानले गाउँमै ऋण सापट जुटाउदा अर्को २ दिन ल।ग्यो । बेहोस अवस्थामा प्रतिष्ठानमा आईपुग्दा उनको रक्तचाप करिब २००/११० थियो । यस अवस्थालाई चिकित्सा विज्ञानमा Eclampsia भनिन्छ जुन गर्भावस्थाको अति जटिल परिस्थिति हो र यसको सर्वोत्तम उपाय भनेका जति सक्दो चाँडोे सुत्केरी गराउनु हो । अस्पताल पुग्दासम्म उनलाई सुत्केरी व्यथाले च्यापि सकेको थियो । बच्चाको धड्कन सुन्न सकिएको थिएन । तत्काल औषधिहरु सुरु भयो र प्रतिष्ठानका स्त्री रोग विशेषज्ञ डा. राजिव शाहले Forceps Delivery (साधनको सहायताले बच्चा जन्माउने प्रक्रिया) गराउनु भयो । मृत बच्चा जन्मियो तर आमाको ज्यान भने जोगियो । करिब एक हप्ता पछिको उपचार पश्चात उक्त महिलालाई डिस्चार्ज गरियो । यदि समयमा प्रतिष्ठान पुर्‍याउन  सकिएको भए आमा बच्चा दुबैको ज्यान जोगिनेमा कुनै शंका थिएन ।

दृश्य २

मालिका बोता जुम्लाकी २० बर्षिया श्रीमति वाँचु वुढाको पहिलो गर्भ बसेको करिब ३८ हप्ता भएको थियो । मिति २०७३ बैशाख ८ गतेका दिन उनको पाठेघरबाट एक्कासी रगत बग्न थाल्यो । लगातार रगत बगेको करिब १ घण्टा पछि बोकेर अस्पताल तिर ल्याइयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फोन आउने वित्तिकै एम्बुलेन्स गयो तर उनको गाउँमा गाडी नपुगेको हुनाले ३ घण्टा पैदल हिडी सकेपछि मात्र एम्बुलेन्स भेटियो र त्यसको २ घण्टा पछि मात्र उनलाइ अस्पताल पु¥याउन सम्भव थियो । तर अस्पतालभन्दा करिब १ घण्टाको दुरीमा उनको बाटोमा नै ज्यान गईसकेको थियो । यस अबस्थालाई चिकित्सा विज्ञानमा Antepartum Hemorrhage भनिन्छ । ठीक समयमा उपचार पाएको भए उक्त बिरामीको ज्यान बचाउन सकिन्थ्यो । सारा आफन्त र परिवारलाई बेसहारा बनाएर पेटको बच्चा सहित २० बर्षिया बाँचु बुढाले देह त्याग गरिन – केबल उचित समयमा उपचारका अभावले ।

दृश्य ३

४२ बर्षिय खगेन्द्र राज न्यौपाने खलगांका मध्यम बर्गिय सक्र्रिय सामाजिक कार्यकर्ता थिए । उनी कामको सिलसिलामा मोटरसाईकलमा सवार रहदै गर्दा एक्कासी कर्णाली राजमार्गमा ट्याक्टरको ठक्करले घाईते हुन पुगे । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । साथै पूठ्ठाको हड्डी भाँचिएर पेटभित्र रगत जम्मा भएको थियो । आकस्मिक कक्षमा पुग्दासम्म उनि बोलि रहेका थिए । अस्पतालले गर्ने ईमर्जेन्सी उपचार र Blood Transfusion गरियो तर टाउकाको चोटका लागी सिटि स्क्यान गर्न र टाउकाको संभावित अप्रेशन गर्नका लागी उनलाई अन्य अस्पतालमा पुर्‍याउनु पर्ने हुन्थ्यो तर अर्को दिनको हवाईजहाज कुर्नु बाहेक उनिसँग अन्य कुनै विकल्प थिएन । बिरामीलाई सम्भव भएसम्मका उपाय अपनाएर प्रतिष्ठानमा आकस्मिक उपचार गरिसकेपछि उनलाई अर्को दिन रिफर गरियो । काठमाडौको नर्भिक अस्पतालमा २ दिन पछि उक्त विरामीको ज्यान गयो । सायद एउटा हवाई एम्बुलेन्स समयमै उपलब्ध भएको भए निजको ज्यान बचाउन सकिने स्थिति रहन्थ्यो ।

दृश्य ४
576477308_1280x720

जुबिथा ७ की सम्झना शाहीको पहिलो छोरा जन्मे पछि उनको घरमा हर्षोल्लास छायो तर जन्मेको केही घण्टा मै एक्कासी घ्यार घ्यार आवाज आउने र अत्याधिक रुने समस्या देखियो । आर्थिक अभावका कारण तत्काल अस्पताल पुर्‍याउन सम्भव नभए पनि बच्चाको अवस्था अत्यन्त नाजुक भए पछि ३ दिनमा जेनतेन अस्पताल पुर्‍याइयो । तर पनि त्यो निकै ढिलो भईसकेको थियो । उपचारका बावजुद पनि समयमा अस्पताल पुर्‍याउन नसक्दा एउटा नाबालकको अकालमै मृत्यु भयो ।

दृश्य ५

चैत्र १० ,२०७३
१९ बर्षिय प्रतिमा न्यौपानेको पहिलो गर्भ बसेको करीब ३९ हप्ता २ दिन भएको थियो उनि जुम्लाको ग्रामीण बस्तिमा थिईन । एक्कासी जीउ काँप्ने र बेहोस हुने समस्या उत्पन्न भए पछि उनि २० घण्टासम्म झारफुकमा लागीन तत् पश्चात बेहोस अवस्थामा अस्पताल पुगेकी उनको तत्काल शल्यक्रिया गरियो । तर जन्मेको ३ दिन पछि संभावित Coagulopathy का कारण उनको बच्चाको मृत्यु भयो । आमालाई भने १० दिनको अस्पलालको बसाई पछि सकुशल घर पठाइयो । करीब ४/५ घण्टा भित्रमा अस्पताल पुर्‍याउन सकिएको भए आमा र बच्चा दुबैको ज्यान बचाउन सकिन्थ्यो ।

दृश्य ६

शनिगाउँ जुम्लाकी २१ वर्षिया चिता बुढालाई २०७२ असोज २७ मा सुत्केरी व्यथाले च्याप्यो अस्पताल पुग्न करीब २ दिन लाग्ने गाउँकी उनको अस्पताल पुग्दासम्म गर्भाशय बाट बच्चाको हात निस्कि सकेको थियो । अस्पतालमा सुत्केरी त गराईयो तर दुर्भाग्य उनको बच्चा अस्पतालमा आउनुभन्दा अगाडी नै पेटमा मरिसकेको थियो । नेपालको स्वास्थ्य निति २०७१ तथा नेपालको संविधान २०७३ ले स्वास्थ्य जनताको मौलिक अधिकारको रुपमा स्वीकार्य पनि अकालमै मृत्युवरण गरेका यस्ता खाले वास्तविक घटनाहरुले संविधानको मर्मलाई खिल्ली उडाईरहेको जस्तो लाग्छ ।

दृश्य ७

बड्र्की जुम्लाकी हाँसु विश्वकर्माको पनि करिब ३८ हप्ता पुग्दा एक्कासी टाउको दुख्ने, जीउ काप्ने र बेहोस हुने व्यथा लाग्यो गर्भावस्थामा भएको यस्तो समस्याको जानकार नभएका उनिहरुले अस्पताल ल्याई पुर्‍याउँदासम्म आमालाई त बचाउन सकियो तर उनको गर्भमा रहेको शिशुको मृत्युलाई रोक्न सकिएन ।

दृश्य ८

५६ बर्षिय कर्ण बहादुर महत जुम्ला खलंगा निवासी हुन । उनको घरमै राखिएको विषालु पदार्थ अन्जानमै सेवन गर्दा बेहोस अवस्थामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुर्‍याईयो । आकस्मिक उपचार पछि उनको ज्यान जोखिमबाट टारिए पनि उनको अवस्थामा सुधार आएन । त्यसपछि उनलाई आवश्यक चेकजाँच पछि अति सघन कक्षको उपचार जरुरी थियो । अर्को दिनको हवाई जहाजबाट राजधानी काठमाण्डौ आईपुग्दा करीब ३ दिन बिति सकेको थियो । उपचारका बावजूद उनको केही दिन पछि काठमाण्डौमा मृत्यु भयो । उनको मृत्युसँगै उनका सन्तान, श्रमिति मात्र बेसहारा भएनन सिगों राष्ट्र ले एउटा उत्पादनशील नागरिक गुमाउनु पुर्‍यो ।

दृश्य ९

hकर्णाली अञ्चलका विभिन्न जिल्लाहरुमा कैयौ युवाहरुका हात खुट्टा काटिएर अपागं बन्नु परेका ह्रदयविदारक दृश्यहरु देख्न पाईन्छ । मिति २०७३ असोज ३ गते तातोपानीका १२ बर्षिया सुरेश परियारको वाँया कुइनो माथि देखि काटिएको हात पुनः काट्नु पुर्‍यो । उनको कथा निकै मर्र्मस्पर्सी छ । करबि ७ वर्ष अगाडी चिप्लिएर लडेका उनको बाँया हातको हड्डी भाँचियो गाउँघर मै घरेलु उपचार गरिए पनि उनको हात झनझनै सुनिएर गयो चोट लागेको ११ औ दिनमा नेपालगञ्ज पुग्दा उनको बाँया हात सढिसकेको थियो । तसर्थ नेपालगञ्जमा अवस्थित कुनै अस्पतालमा उनको हात काट्ने शल्यक्रिया गरियो । ७ वर्ष पछि हड्डी बढेर अत्याधिक दुखाईका कारण पुनः अपरेशन गरेका थियौ । यस्तै कथा छ डाँडाफया हुम्ला निवासी १७ वर्षिया एक बालकको । उनको भीरबाट लडेर करीब ८ वर्ष अगाडी दाँया हात भाँचियो नजिक स्वास्थ्य संस्था नहुदा अनेक घरेलु उपचार गरेर भाँचिएको हात बाँध्ने काम भयो । घरेलु उपचार गरेको २ दिन पछि अर्को १ दिन लगाएर हुम्ला जिल्ला अस्पताल सिमीकोट पुर्‍याउदासम्म उनको हात सुन्निएर कालो नै भैसकेको थियो । सिमिकोटबाट हाडजोर्नीको चिकित्सकले हेर्नु पर्छ भनेर नेपालगञ्जसम्म पुग्दा उनको हात कुहि सकेको थियो । अन्तत उनको हात काट्ने शल्यक्रिया (Amputation) गर्नु पुर्‍यो ।
अहिले ८ वर्ष पछि उक्त बच्चाको फेरी अत्यधिक दुखाई र घाउ पाकेको छ । उनलाई पुनः हात काट्ने अपरेशन गर्नुपर्ने हुन्छ । उक्त अपरेशन हुम्लामा सम्भव नभएकाले अहिले पनि हाडजोर्नीको कुनै शिविरको पखाईमा छन् — जसमा अर्को अपरेशन होस ।

दृश्य १०

up_g_22416डा. सुर्यमान लिम्बु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत शल्य चिकित्सक हुन । उनि जस्तै १३ जना विशेषज्ञ चिकित्सक सहित करिब २५ जना अन्य चिकित्सक र सयौै स्वास्थ्यकर्मीहरु कार्यरत छन । जीवनभर राष्ट्रकै छात्रवृतिमा पढेर अमेरीकाको बाटो सोझ्याउने चिकित्सकहरुका माझ विशेषज्ञता हासिल गरेर पनि राजधानी लगायतका सुविधा सम्पन्न शहरहरु छोडेर कर्णालीमै काम गर्ने मानसिकता बनाउनु आफैमा अपत्यारिलो र राष्ट्रले गर्व गर्न लायक त छँदैछ तर पनि यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुका आफ्नै संघर्ष, समस्या र चुनौतिहरु छन । एकातिर मानव विकास सुचकांकमा सबैभन्दा पछाडि पारिएको कर्णाली क्षेत्रको स्वास्थ्य सेवाको स्तर वृद्धिमा राज्यको चासो त्यति गएको देखिदैन भने अर्कोतिर यहाँ कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुले आफ्नो जीवनको सुरक्षा महसुस गर्न सकिरहेका छैनन । कुरो डा. सुर्यमान लिम्बुको हो, २०७२ बैशाख महिनामा डोल्पा जिल्लाको अत्यन्त दुर्गम स्थानमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्ने शिलशिलामा उनलाई राँचि भन्ने ठाउँमा एक्कासि श्वास फेर्न गाह्रो भयो छाती दुख्न थाल्यो । चिकित्सक भएका नाताले उनलाई मुटु सम्वन्धि समस्या आईपरेको जान्न कठिन भएन । तत्काल सहयोगीको सहयताले नजिकैको नेपाल आर्मीको व्यारेकमा शरण लिन पुगे । स्थिति खतरा पुर्ण भएकाले व्यक्तिगत तथा संस्थागत दुबै तबरले हवाई एम्बुलेन्स (हेलीकप्टर) को खोजी भयो । हेलिकप्टर पोखराबाट उड्यो र तत्काल डोल्पाबाट डा. लिम्बुलाई लिएर काठमाडौ पुग्यो । शहिद गंगालाल ह्रदय रोग केन्द्रको उपचार पछि उनी सकुशल घर फिर्ता भए । उचित समयमा उद्धार गरिएका कारण एउटा होनहार विशेषज्ञ चिकित्सकको ज्यान जोगियो ।

आवश्यकता देशकै शुरुवात कर्णालीबाट

भौगोलिक कठीनाई र आवश्यक सुविधा सम्पन्न अस्पताल अनि Trauma Center हरुको अभावले Air Ambulance सेवा देशभरिकै आवश्यकता बनेको छ तर पनि सबैभन्दा ठुलो आवश्यकता कर्णालीलाई परेको कुरा नकार्न सकिन्न । तत्काल उपचारको अभावमा सामान्य चोटपटकमा पनि काटिनुपरेको हातहरु, प्रसव पिडा सहन नसकी पेटभित्रै बच्चा जन्माएको केही मिनेट/घण्टामै मृत्युवरण गरेका आमाहरुको फेहरिस्त कर्णाली अञ्चल भरि हामी भेटाउँदछौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना यस्ता वेदनाहरुको एउटा चोटिलो समाधान त अवश्य नै हो । तर पनि यस्ता आकस्मिक दुर्घटनाहरु जोगाउन भौगोलिक कठिनाई हरुले बाधा गरिरहेको छ । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा टाउकाको विरामी र Ventilator / ICU मा राखि उपचार गर्नुपर्ने विरामी बाहेक अन्य सबै खाले विरामीहरुको उपचार भईरहेको छ । कठिन हाडजोर्नीको प्रत्यारोपणसम्म गरि सकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णाली भरि घटेका आकस्मिक दुर्घटनाहरुको उपचार गर्न सामथ्र्य राख्दछ । यदी ठीक समयमा अस्पताल पुर्‍याउने हो भने अर्को व्यवस्था नभएसम्म गम्भीर टाउकाको विरामीको उपचारको लागी अन्य सुविधा सम्पन्न अस्पताल पठाउनुपर्ने बाध्यता हामीसँग छ । images (1)

Air Ambulance सेवा सुचारु गर्न सकेको खण्डमा जस्तोसुकै आकस्मिक दुर्घटनाका केशहरु करीब १०–१५ मिनेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पुर्‍याउन सकिने छ । यसले गर्दा सम्भावित सबै खाले आकस्मिक मृत्युबाट यहाँका बासिन्दाहरुले अकालमा मृत्यूवरण गर्नु पर्ने छैन । यो सेवा कर्णाली क्षेत्रमा सफलतापुर्वक लागु गर्न सकेको अवस्थामा देश भरिकै दुर्गम तथा सुगम क्षेत्रमा बिस्तार गर्न सकिनेछ ।

Air Ambulance को व्यवस्थापन र दुरुपयोगको संभावना पनि नकार्न सकिदैन । हाम्रो देशमा कुनै पनि सेवाको घोषणा गर्न जति सजिलो छ त्यति नै गाह्रो यसको व्यवस्थापन देखिएको छ । विदेशी गैरसरकारी संघ संस्थाले परनिर्भरतामा वानी परिसकेको कर्णालीमा सामान्य विरामीले पनि Air Ambulance सेवा प्रयोग गर्न सक्ने सम्भावना वढी देखिन्छ । यसको लागी व्यवस्थापन समिति बनाउन जरुरी छ । जसमा प्रत्येक जिल्लाका प्रशासक, चिकित्सक र अन्य प्रबुद्ध व्यक्तीहरु रहने व्यवस्था गरिनुपर्दछ । कसैले दुरुपयोग गरेमा कडाभन्दा कडा कारवाही गर्न कानुनी व्यवस्था गरिएमा यसको दुरुपयोग रोकिनेछ । राज्यलाई आर्थिकभार धेरै हुने देखिएमा Air Ambulance परिचालन गर्ने क्षेत्रहरुमा स्वास्थ्य विमा लागु गर्न सकिन्छ । राज्यका जिम्मेवार निकाय र तहमा वसेका व्यक्तिले कम्तिमा पहिलो १–२ वर्ष Air Ambulance Service लाई ध्यान दिएर अगाडी बढाउने हो भने Health for All को विश्वव्यापी मान्यतालाई पुष्ट्याई गर्न नेपाल सक्षम हुनेछ । विश्वव्यापी अनुभवलाई हेर्दा सुरुवाती अवस्थामा यो सेवा महगों देखीए पनि Helicopter EMS एउटा उदाहरणीय सेवा हो । यो सेवाद्वारा टाउकाको चोटबाट हुने मृत्यू करिब १५% घटेको देखाएको छ भने अतिसघन कक्षको उपचार गर्ने दर पनि करीब ५–६% घटेको छ । विभिन्न देशमा Air Ambulance सेवा संचालनमा छन । प्राय देशहरुमा द्ुईवटा ईन्जिन मार्फत चल्ने ठुला र साना हेलिकप्टरहरु प्रयोगमा रहेका छन । जसमा अत्यावश्यक मेशिन, अक्सिजन, रक्तचाप नाप्ने यन्त्र लगाएत आधुनिक चिकित्सा पद्धति प्रयोग गरिएको हुन्छ । यसमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको व्यवस्था हुन्छ र जति सक्दो चाडो दुर्घटना स्थल पुगेर आकस्मिक उपचार गरी सम्वन्धित अस्पताल पु¥याउनु यो सेवाको प्रमुख ध्येय हुन्छ । प्रथम विश्वयुद्ध देखि नै शुरु भएको Air Ambulance सेवा विशेष गरि भियतनाम र कोरिया युद्धपछि वृहत रुपमा विकास भएको मानिन्छ । उचित व्यवस्थापनका लागी यसको प्रयोगमा विभिन्न प्रावधानहरु बनाईएका हुन्छन । फ्रान्स, जर्मनी, अमेरिका, मंगोलिया, उजकिस्तान, ताजकिस्तान, वेलारुस लगायत युरोपियन देशहरुमा यसकोे व्यापक प्रयोग भएको पाइएको छ ।

Presentation1

र अन्त्यमा

राजधानी काठमाण्डौको औषत आयु र कर्णाली क्षेत्रका बासिन्दाको औषत आयुको फरक ३६ वर्ष हुनु प्रमुख कारण नै स्वास्थ्य क्षेत्रमा कर्णालीका वासिन्दाको कमजोर पहुँच नै हो । स्वास्थ्य जनताको मौलिक अधिकारको रुपमा संविधानले ग्यारेण्टी गरिए पनि अकालमै मृत्यू हेर्न कर्णालीवासीको संख्या दिनानुदिन बढिरहेको छ । आकस्मिक चिकित्सा प्रवृतिको एक अपरिहार्य अंगको रुपमा रहेको Air Ambulance सेवा विस्तार गर्नको लागी कर्णाली क्षेत्र नै सबैभन्दा उपयुक्त देखिन्छ र यसको सफल प्रयोग पछि यो सेवा देशभरी विस्तार गर्न सकिन्छ । आधुनिक समाजको सामाजिक तथा राजनितिक नेतृत्व विगतको विरासतबाट स्थापित हुने भन्दा पनि जनताका वास्तविक समस्या समाधान गरि समग्र देशलाई नै आधुनिकतासँग जोड्न सक्ने क्षमताबाट मात्र स्थापित हुने कुरालाई मनन गर्न आवश्यक छ । हेर्दा सामान्य देखिए पनि एउटा उचित प्रविधि सहितको Air Ambulance को व्यवस्था हुन सके देशका दुरदराजमा रहेका नागरिकको स्वास्थ्यमा राज्यले ग्यारेण्टी लिने वैज्ञानीक पद्धतीको विकास हुने देखीन्छ ।आफु भ्रमणमा आउँदा कुनै प्रसवपिडाले छट्पटाई रहेकी गर्भवती महिलालाई हेलिकप्टरमा काठमाण्डौ लगि उपचार गरेर नाम कमाउने चटके शैली भएका नेताहरुको देशमा सयौ वर्षसम्म उचित प्रभाव पार्न सक्ने Air Ambulance सेवाको शुरुवात गर्न सके नेपालको आधुनिक चिकित्सा पद्धतिमा एक कोशेढुङ्गा सावित हुनेछ । उचित पहल कदमीको लागी हार्दिक अनुरोध सहित नमस्कार ।

__________________________________________________________________________________________

1

 डा. मंगल रावल
हाडजोर्नी विशेषज्ञ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
जुम्ला, कर्णाली

E: drmangalkahs@gmail.com
F: https://www.facebook.com/mangal.rawal